Introduction

 

नेपालको इतिहास संग संगै देशमा विद्यमान सीमित स्रोतसाधनको सही सदुपयोग गरी सञ्चालन हुदै आएका विभिन्न उद्योगहरुमध्ये ईट्टा उद्योग भिन्नै प्रकृतिको खुल्ला आकाशमुनी प्रकृतिसंग पलपल जुधेर दिन प्रतिदिन संघर्षको लामो इतिहास बोकेको उद्योग हो । स्थानीयस्तरमै उपलब्ध पानी पाङ्गो माटोलाई आकार दिई बस्तु उत्पादन गर्ने घरेलु उद्योगलाई व्यवसायको रुपमा सञ्चालन गर्दै आएका नेपालभरिका इट्टा व्यवसायीहरु प्राकृतिक बिपत सँगै बिभिन्न व्यक्ति समूह तथा निकायहरुबाट सृजत समस्याहरुको सामना गर्दै एक्लै अगाडी बढ्नु परिरहेको तथ्य यहाँहरुलाई प्रष्टै छ ।

 

यिनै बाध्यतालाई हृदयङ्गम गरी समस्याको समाधान सामुहिक रुपबाटै मात्र हुनसक्छ भन्ने मान्यताबाट अभिप्रेरित भई नेपालभरि छरिएर रहेका सम्पूर्ण ईट्टा व्यवसायीहरुलाई एउटै छातामुनि समेटेर ईट्टा व्यवसायीहरुको हक हित अधिकार संरक्षण र सम्वद्र्धन गर्न विभिन्न क्षेत्र, अञ्चल र जिल्लामा ईट्टा उद्योग संघ स्थापना भएका छन् । ईट्टा व्यवसायीहरुलाई स्वावलम्बी र संगठित बनाउने उद्देश्यले साझा योजना बनाउने लक्ष्यसहित झापा कोशी, काठमाडौं, भक्तपुर, ललितपुर, लुम्बिनी, बारा, पर्सा, चितवन, जनकपुर, सेती र महाकाली ईट्टा व्यवसायी संघ तथा विभिन्न सहयोगी महानुभावहरुको सल्लाह सुझाव एवं सहयोगको परिणामस्वरुप मिति २०६५ साल बैशाख १२ गते बृहस्पतिबारका दिन नेपाल सरकारमा विधिवत दर्ता गरी नेपाल ईट्टा उद्योग महासंघ स्थापित हुन गएको ऐतिहासिक पृष्ठभूमि एकपटक पुनःस्मरण गराउन चाहन्छौं ।

 

 

 

महासंघको ऐतिहासकि पक्ष

 

      माटो मानव जीवनका लागि एक अभिन्न अङ्ग हो । माटो विनाको मानव समाज कल्पना पनि गर्न सकिँदैन । गास, बास र कपासका लागि प्राचीनकालदेखि नै मानिसले माटोलाई प्रयोग गर्दै आएको पाईन्छ । ढुङ्गे युगदेखि आधुनिक युगसम्म हेर्ने हो भने मावनीय आवश्यकता, प्रविधिको विकास लगायतका कुराहरुले माटोको प्रयोग बिभिन्न किसिमबाट हुँदै आएको छ । जतिजति मानव समाज आधुनिक र सभ्य हुँदै आएको छ, त्यति नै माटोको प्रयोग विधि र तरीकामा पनि विविधता आउँदै गरेको छ ।

 

      खुला आकाशमुनि सञ्चालन गर्नुपर्ने व्यवसाय भएकोले लगानी निकै जोखिमयुक्त हुनु स्वभाविकै हो । विशेष प्रकृतिको यो उद्योगलाई राज्यले विशेष किसिमका नीतिले निर्देशित गर्नुपर्नेमा आम उद्योगका साझा नीतिहरु यो उद्योग व्यवसायका लागि पनि लागु हुन थाले । कतिपय अवस्थामा ईट्टा व्यवसायीहरुको मनोभावना नबुझेरै राज्यको नयाँ नीतिको निर्माण गरी एकोहोरो रुपमा कार्यान्वयन हुन थालेको अवस्था एकातिर देखियो । अर्कोतिर स्थानीय समुदाय, व्यक्ति, बटुवा, सामुदायिक वन उपभोक्ता लगायतका निकाय तथा व्यक्तिहरुले अनावश्यक रुपमा दिन थालेको विभिन्न खप्की सहनुपर्ने अवस्था आयो । सङ्गठित हुनुपर्छ भन्ने आवश्यकता महशुस भयो ।

 

      व्यवसायक हकहित त छँदै छ तर पनि ईट्टा व्यवसायीले आम ईट्टा उपभोक्तालाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले प्रदान गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यो महासंघ वि.स. २०६४ साल बैशाख १२ गते विधिवत् रुपमा दर्ता भएको हो । त्यसबेला देशका विभिन्न स्थानमा नौ वटा टायल व्यवसायी संघहरु आआफ्नो ठाउँबाट विद्यमान सरकारी नीति तथा स्थानीय समुदायसँग अन्तरसंघर्ष गरिरहेको अवस्था थियो ।

 

      महासंघको संस्थापक सदस्य संघहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, लुम्बिनी, कोशी, सेती महाकाली, बारा पर्सा, महाकाली र झापा ईट्टा उद्योगी व्यवसायी संघहरुको अथक प्रयास र संयुक्त पहलमा महासंघ गठन भएको हो । विशेष गरी महासंघका संस्थापक अध्यक्ष महेन्द्रबहादुर चित्रकार र महासचिव तेजबहादुर चन्द लगायत कार्यसमितिका अन्य विशिष्ट व्यक्तिहरुको विशेष पहलमा साकार भएको यो महासंघले आजसम्म आइपुग्दा दोस्रो महाधिवेशन सम्पन्न गरिसकेको छ ।

 

      हाल देशभरका २१ वटा ईट्टा तथा टायल उद्योग व्यवसायी संघहरु यस महासंघमा आवद्ध भईसकेका छन् । विशेष गरी सहरी इलाका तथा तराईमा ईट्टामा माग बढी हुने भएकोले ईट्टा व्यवसायीहरु निश्चित भौगोलिक क्षेत्रमा सिमित भएको भान हुन्छ । तथापि पछिल्लो चरणमा आएर सुर्खेत, तनहँु, गुल्मी, अर्घाखाँची, उदयपुर लगायतका जिल्लामा ईट्टा उद्योगीहरु विस्तार हुने क्रम जारी रहेको छ ।

 

      महासंघ स्थापना भएपछि विगतमा व्यवसायीहरुले विभिन्न निकाय तथा समुदायबाट आउने गरेको अवरोधहरु केही हदसम्म संस्थागत तथा सामूहिक पहल भएका छन् भने राज्यका अव्यावहारिक तथा असान्दर्भिक देखिएका विद्यमान नीति नियमहरुमा संशोधन तथा परिमार्जन र नयाँ नीति निर्माणका लागि पहलकदमी लिइरहेको छ ।

 

      राज्यका सम्बन्धित निकायहरु ईट्टा व्यवसायीका लागि बन्ने हरेका नीति निर्माणको प्रक्रियामा महासंघलाई छलफल तथा अन्तक्र्रियामा सहभागी गराउने प्रचलन बढेर गएको छ । महासंघले व्यवसायीहरुको प्रतिनिधित्व गर्दै व्यवसायिक हकहित र सुरक्षाका लागि हरेक कदममा लडाई लड्दै आएको छ ।

 

      महासंघले आफ्ना धारणाहरु स्पष्ट रुपमा हरेक मञ्चबाट सार्वजनिक गर्दै आएरहेको छ । व्यवसायिक हकहित तथा सुरक्षा र ग्राहकलाई दिनुपर्ने सेवा सुविधा अनि गुणस्तरीय उत्पादनका लागि महासंघ न त सरकारसँग न त आफ्ना सदस्य संघहरुसँग कुनै सम्झौता गर्ने पक्षमा छैन । महासंघ आफ्ना सदस्यलाई व्यवसायिक आचारसंहिता पालना गराउन सदैव प्रयत्नशील छ भने राज्यका नीति नियमहरु समय सापेक्ष, ईट्टा व्यवसायीको हक हितमा हुनुपर्छ भन्ने मान्यताका साथ लविङ्गमा लागिरहेको छ ।

      ईट्टा व्यवसायले समग्र राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर हुनु जरुरी छ । यो व्यवसायमा पढेलेखेको बौद्धिक युवाहरुको आकर्षण बढाउन जरुरी छ भन्ने मात्यताका साथ यस महासंघले राज्यसँगका हरेक छलफल तथा बहसमा लगानी सुरक्षाको कुरा उठाउँदै आएको छ । लगानीको सुरक्षा र व्यावसायिक मान सम्मान भएपछि यो व्यवसाय लगानीका लागि थप आकर्षणको केन्द्र हुने निश्चित छ । अतः महासंघको साझा अवधारणा के छ भने स्थानीय कच्चा पदार्थलाई सदुपयोग गरी समग्र राष्ट्र निर्माणको अविरल यात्रामा होमिएको यो व्यवसायलाई थप मर्यादित बनाउन राज्य तथा स्वयम् व्यवसायीहरु जिम्मेवार हुन जरुरी छ ।

Copyright © 2012 :: Itta Bhatta Association :: All rights reserved. Powered by : Radiant Infotech Nepal