Message from President

आज हामी महासंघको छैठौं वार्षिक साधारणसभा मनाइरहेका छौं । नेपालका ईट्टा व्यवसायीहरुका साझा समस्याहरुको उठान गर्दै सम्बन्धित निकायमा समाधानका लागि पहलकदमी लिने उद्देश्यले महासंघको परिकल्पना गरिरहेको हो । महासंघले आफ्नो बाल्य अवस्था विस्तारै पार गर्दै गइरहेको छ, यति कुरा भनिरहँदा महासंघ स्थापना गर्दाका क्षण सम्झना मन लाग्छ । स्थानीय व्यक्ति, समुदाय, बछुवा तथा सरोकार भनएका निकाय तथा व्यक्तिहरुले समेत हामीजस्था व्यवसायीलाई अनेक किसिममा  दुःख पीडा दिने प्रवृति निकै हावी थियो । राज्यका सरोकारवाला निकायले ईट्टा व्यवसायीसँग सम्बन्धित नीति निर्माण गर्दा ती नीतिहरु कार्यान्वयन गर्न सकिन्छन् वा सकिदैनन् भन्ने समते बिचार नगरी एकतर्फी रुपमा नीति निर्देशन लाद्ने काम भइरहेको थियो ।

      हामीले समग्र समाज र देश निर्माणका लागि पु¥याइरहेको योगदानको कदर हुने अवस्था थिएन । देशभर हाम्रा व्यवसायी साथीहरु आआफ्ना तहमा विभिन्न किसिममा पीडा भोग्दै लड्दै भिड्दै आएको अवस्थालाई मध्यनजर गर्दै असङ्गठित भन्दा सङ्गठित भएर आवाज उठाउनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं र महासंघको परिकल्पना गरियो । आज यो अभियानमा हामी सफल भएर यो ठाउँमा उभिएका छौं ।

      हामीले विगत लामो समयदेखि राज्यका सम्बन्धित निकायलाई स्पष्ट रुपमा भन्दै आएका छौं, ईट्टा व्यवसाय मौसम अनुसार सञ्चालन हुने व्यवसाय हो । खुला आकाशमुनि लगानी गर्नु भनेको लगानीलाई त्यति नै बढी जोखिममा पार्नु हो । नेपालको विद्यमान श्रम कानून अनुसार न त हाम्रा श्रमिकहरु नै चल्न सक्छन न त व्यवसायीले त्यो कार्यान्वयन गर्न सक्ने अवस्था छ । हामी नयाँ प्रविधिलाई विस्तारै प्रयोग गर्दैछौं । स्थानीय कच्चा पदार्थ, स्थानीय सीप अनि स्थानीय बजारः ईट्टा व्यवसायको विशिष्ट विशेषता हुन । यी विशेषताहरु अन्य उद्योगधन्दाहरुमा बिरलै पाईन्छन् । त्यसैले यो उद्योग विशिट प्रकृतिको भएकाले यसलाई निर्देशित गर्ने सरकारी नीतिहरु पनि आम उद्योगको भन्दा विशिष्ट खालको हुनुपर्छ । राज्यले हामीलाई फरक व्यवहार गर्न सक्नुपर्छ, होइन भने हामी यो पेशा व्यवसायमा लागेकाहरुको लगानीको सुरक्षा हुन सक्दैन र थप लगानी पनि आउन सक्दैन ।

      स्थानीय कच्चा पदार्थलाई सदुपयोग गर्दै स्थानीय अर्थदक्ष, गरीब, विपन्न समुदायलाई यति ठूलो मात्रामा रोजगारी दिने काम यो व्यवसायभन्दा अरु कसैले गरेको छ ? पढेलेखेका तथा बौद्धिक जमातलाई सीमित रोजगारी दिने व्यवसायलाई राज्यले जुन रुपमा अति प्रोत्साहन गर्दै आएको छ, नयाँ नेपाल निर्माणको क्रममा ईट्टा व्यवसायीको भूमिका अरु सबै व्यवसायभन्दा निकै माथि हुनेछ ।

      हाम्रो योगदानको मूल्याङ्कन हुनुप¥यो, हामीले कति पीडा र अवरोध सहेर लगानी गरिरहेका छौं । यसमा अध्ययन हुनुप¥यो । ईट्टा उद्योगी राज्यले अवलम्बन गरेका हरेक नीति पालना गर्न तयार छन् । तर हाम्रा व्यवहारिक कठिनाई र व्यवसायको प्रकृति अनुसार नै राज्यले नीति निर्माण गर्नुप¥यो र त्यो कार्यान्वयन गर्न हामी एक कदम पनि पछाडि हट्ने छैनौं । छिमेकी मुलुकहरुमाझैं ईट्टा व्यवसायीलाई जु सहुलियत तथा प्रोत्साहन गर्ने कार्यक्रम आउनुप¥यो भन्ने मान्यता राख्दछौं । व्यवसायको प्रकृति र राज्यलाई पु¥याइरहेको योगदानलाई हेर्दा राज्यले हामीलाई उपेक्षा गरिरहेको छ, यसले हमी निरन्तर यस पेशा व्यवसायमा लागेकाहरुलाई समेत हतोत्साही बनाएको छ, यस पेशा व्यवसायमा आउन चाहने नयाँ लगानीकर्ताको ढोका बन्द गरिदिएको छ ।

      पछिल्लो चरणमा यो व्यवसायलाई अझ मर्यादित एवम् गुणस्तरीय सेवा प्रदान गर्ने सेवाप्रदायी व्यवसायका रुपमा विकसित गर्न आधुनिक प्रविधिको प्रयोग हामीले गर्न थालिसकेका छौं । प्रदूषण न्यूनीकरण गर्नतर्फ व्यवसायीको सोच अनुसार नै राज्यले लिएको अग्रसरताको महासंघ खुलेर स्वागत गर्न चाहन्छ ।

Copyright © 2012 :: Itta Bhatta Association :: All rights reserved. Powered by : Radiant Infotech Nepal